
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले निजामती ऐन पास र प्रहरी समयोजन हालसम्म नभएकोले मधेस प्रदेशको विकास हुन नसकेको गुनासो गर्नुभएको छ ।
शुक्रबार जनकपुरधाममा आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रिपति पदका लागि फागुन २५ गत्ते हुने निर्वाचनमा ८ राजनीतिक दलको तर्फबाट उम्मेदवार हुनु भएका पूर्व समामुख मां रामचन्द्र पौडेललाई निर्वाचित गराउन प्रदेश सभा सदस्यका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उदघाटनमा बोल्दै मुख्यमन्त्री यादवले देशमा संघीयता कार्यानवयन गर्नका लागि कम्तीमा निजामती ऐन र प्रहरी समायोजन गर्न सरकारसंग विनर्म अनुरोध गरका हनु ।
मुख्यमन्त्री यादवले ८ दलले भारी मतका साथ उम्मेदवार मा.रामचन्द्र पौडेललाई जिताउने विश्वास व्यक्त गर्नु भयो ।