अपडेट 
२०७९ फाल्गुन २०, शनिबार ०७:४६

गुगल विकिपीडियामा संगीतको परिभाषा यस प्रकार दिइएको छ ।

the art of arranging sound to create some combination of form, harmony, melody, rhythm or otherwise expressive content.

अर्थात वाद्ययन्त्र र स्वरको यस्तो संयोजन जो आफ्नो विलक्षण सांगीतिक धुनको माध्यमले सामाजिक सद्भाव बनाउन मद्दत गर्छन । सुख शान्तिको आभास गराउछ । मन मुटुलाई शान्त पार्दछ । अनि ध्यान–योग र साधनामा तल्लीन हुने वातावरण प्रदान गर्दछ । तर पछिल्लो समय मेला–ठेला,विवाह–वारी तथा अन्य शुभ अवसरहरुमा बजाइने गीत र संगीतले मनमुटुलाई विचलित पार्दछ । वाक्क,दिक्क बनाउ“छ । अझ कर्कश स्वरबीच बजाइने फोहर गीतहरुले सामाजिक हिंसालाई बढावा दिएको भन्दा अत्युक्ति नहोला । कल्पना गर्नोस् – घरमा छोरीको विवाहको रमझम छ । सखा सम्बन्धी घर आएका छन् । हंसी खुशीको माहोल छ । उता दरवाजामा छोरा साउण्डबक्समा गीत बजाउन लाग्छन् –

देबरा ढोंढी चटना बा…….।

अनि दरवाजामा अल्लारे केटाहरुको समूह नाच्न थाल्छन् –

देबरा ढोंढी चटना बा……।

जुन घरबाट सुमधुर विवाह गीतको स्वर निस्किनु पर्ने थियो , त्यही घरबाट यस्तो फोहर गीतको धून प्रवाहमान हुन्छ भन्ने कोही सजिलै भन्ने छन् – हाम्रो समाज रसातलतर्फ उन्मुख छ । सम्पन्नताको खोजीमा हामी सांस्कृतिक रुपमा दरिद्र बन्दै छौँ ।

मेरा एकजना मित्रको घर रामचौकमै छ । बडा दशैं,दीपावली र छठ पर्वको अवसरमा पूजा पाठमा उनको मन जति आकर्षित हुन्छन् । ती पूजाको नाममा बजाइने कर्कश लाउडिस्पीकरको स्वरले उनलाई त्यतिनै पिरोलेको हुन्छ । उनी भन्छन् – पूजा पाठमा मानिसहरुलाई आ–आफ्ना चेली बेटीलाई जनकपुर बोलाउछन् , म आफ्नी श्रीमतीलाई माइती पठाउ“छु । पूजा पाठ र विवाह व्रतबन्धआदि पर्व त्यौहारको अवसरमा बजाइने चर्को ध्वनिका कारण स्थानीयवासीको रातिको निन्द्रा र दिनको चैन हराउ“छ । परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु पढ्न सकिरहेका छैनन् । निरन्तर चर्को ध्वनि सुन्न बाध्य गर्भवती महिला तथा वृद्ध—वृद्धालाई गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने विज्ञ चिकित्सकहरु बताउँछन् । दुर्गापूजाको बेला त युवा कमिटी तथा राम युवा कमिटीबीच चर्को ध्वनिमा लाउडिस्पीकर बजाउने अघोषित प्रतिस्पर्धा नै चलेको हुन्छ ।

आमने—सामने रहेका यी क्लबको ‘ध्वनि प्रतिस्पर्धा’ले स्थानीयवासी सास्तीमा हुन्छन् —‘ न त आरामले बस्न सकेका छौं । न त राति निन्द्रा लाग्छ । बालबालिका र वृद्ध—वृद्धाको अवस्था झन खराप छन् ।’ जनकपुरधाम ४ महावीर चोकका व्यवसायीहरु बताउ“छन् । चर्को ध्वनिका कारण शक्तिीपीठहरुमा पूजा,योग,ध्यान गर्न चाह्ने श्रद्धालुहरु अधिक प्रभावित हुन्छन् । कोलाहलपूर्ण वातावरणमा शान्तिपूर्वक पूजा पाठ सम्भवै हुँदैन । पत्रकार ध्रुव झा पछिल्लो पटक ध्वनि प्रदूषणबारे अलख जगाउ“दै आएका छन् । उनले लेखेका छन् – हम ध्वनि प्रदूषणके अघोर विरोधी छी ।’ स्त्री रोग विशेषज्ञ डा.रामनरेश पण्डित निरन्तर चर्को ध्वनि सुन्न बाध्य गर्भवती महिला र निजको गर्भमा रहेको बच्चामाथि नकारात्मक प्रभाव पर्न सक्ने बताउ“छन् । उनको कथन छ —‘चर्को ध्वनिको कारण आमाको कानको जाली च्यात्नुका साथै गर्भमा रहेका बच्चाको दिमाग(ब्रेन)मा समेत नकारात्मक प्रभाव पर्न सक्छ । अन मैच्युर( समय अगावै) बच्चा पनि जन्मिन सक्ने खतरा हुन्छ ।’ विभिन्न अनुसन्धानहरुले के देखाएको छ भने — १ सयदेखि १ सय ३० डेसिवलको ध्वनि ४ सेकेण्डसम्म मात्र सुन्नेमहिला पुरुषमा जनस्वास्थ्य सम्बन्धी गम्भीर समस्या उत्पन्न हुन सक्छ । पर्व—त्यौहार,विहा— वारीलगायतका शुभ अवसरहरुमा चर्को स्वरमा गीत संगीत बजाउनु तथा संगीतको तालमा नाच्नु यहा“को चलन बन्न थालेको छ ।

ध्वनि प्रदूषणबाट मानव जनस्वास्थ्यमामात्र होइन ,वातावरण,जलचर,वनस्पति तथा चराचुरुंगीसमेत प्रभावित हुने गरेको वैज्ञानिक तत्थ हो । विभिन्न अनुसन्धानहरुले के देखाएको छ भन्ने ८५ देखि ९५ डेसिवलसम्मको ध्वनि कानले थेग्ने लायकको हुन्छ । विश्व स्वास्थ्य संगठनले कल कारखानाको हकमा ७५ डेसिवलसम्मको ध्वनिलाई मान्यता दिएको छ । निरन्तर लामो समयसम्म चर्को ध्वनि सुन्दा जनस्वास्थ्यमा अधिक प्रभाव पर्ने अनुसन्धानले देखाएको छ । निरन्तर ८ घन्टासम्म ९० डेसीवल,४घन्टा ९५डेसिवल तथा २घन्टा १००डेसिवलको ध्वनि सुन्दा जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने विज्ञहरु बताउछन् । यद्यपि,जनकपुरमा विभिन्न अवसरहरुमा बजाइने लाउडिस्पीकर र डिजेको ध्वनिजा“च गर्ने कुनै निकाय छैन । स्थानीय प्रशासनले समेत यसलाई गम्भीरतापूर्वक लिएको देखिदैन । सामान्यता कुनै व्यस्त गली तथा एलार्म क्लकको ध्वनी ८० डेसिवल हुन्छ ।

फोनको रिंगटोनको ध्वनि ७० डिसिवल हुन्छ अनि एक अर्काबीच गर्ने सामान्य कुराकानीको ध्वनि ६० डिसेवल हुन्छ । यी मापकहरुको आधारमा के भन्न सकिन्छ भने अचेल यहा“का शक्तिपीठहरुमा बजाइने लाउडिस्पीकरको ध्वनि १००देखि १सय ३० डेसिवल भन्दा कम छैनन् । झन एकसाथ अनेकौ लाउडिस्पीकर बजाउ“दा ध्वनि अझ बढने नै भयो । चर्को ध्वनिमा बजाउने लाउडिस्पीकर र डिजे नियन्त्रण गर्न यहा“ प्रयास नै नभएको भने होइन । हालै जिल्ला प्रहरी कार्यालय धनुषाले कर्कश ध्वनिमा डिजे बजाउन निषेध गरेको छ । तर हामी आफ्नो मौलिक लोकगीत तथा परम्परालाई विर्सिदै फोहर गीत सुन्न र सुनाउन रमाइ रहेका छौं ।

Comment


Related News

Latest News

Trending News