अपडेट 
२०७९ फाल्गुन २०, शनिबार ०८:४२

नेपालको राष्ट्रपति पदका लागि हुन लागेको चुनावको प्रचार प्रसार जोडतोडले भइरहेको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा सत्तासीन दलहरु सहितका ८ दल प्रचारमा जुटेका छन् ।

पौडेलका प्रतिद्वन्दी सुवासचन्द्र नेम्वांगको पक्षमा नेकपा एमाले एक्लै लागेको छ । नेम्वांग एमालेका उम्मेदवार हुन् । राष्ट्रपतिमा नेकां र एमालेबीच रस्साकस्सी भइरहेको बेला उपराष्ट्रपतिमा भने सर्वसम्मति हुने संकेत देखिएको छ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार सर्वसम्मति हुने आधारहरु तयार भएका छन् । सत्तासित दलहरु सहितको ८ दलीय गठबन्धनमा रहेको जसपाले उपराष्ट्रपतिमा उठाउने उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छैन् । जसपा स्रोतका अनुसार उपराष्ट्रपतिमा बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रामसहाय यादवलाई उम्मेदवार बनाउने निश्चित छ । जसपाको कार्यकारिणी समितिले उपराष्ट्रपतिको उम्मेदवार सम्बन्धमा निर्णय गर्न बाँकी रहेको नेता विजय कुमार यादवले बताए । ‘गठबन्धनबाट उपराष्ट्रपति जसपाले पाएको छ’ उनले भने, तर हामीले उम्मेदवारको विषयमा निर्णय गरिसकेका छैनौ ।

जसपालाई उपराष्ट्रपतिमा उम्मेदवारी दिन ९ दलबीच सहमति भइसकेको छ । राष्ट्रपतिको निर्वाचनमा गठबन्धन विरुद्ध उम्मेदवारी दिएको एमालेले उपराष्ट्रपतिमा उम्मेदवार नउठाउने आन्तरिक निर्णय गरिसकेको स्रोतले जनाएका छन् । केन्द्रमा एमाले सत्ता गठबन्धनबाट हटिसके पनि मधेश प्रदेशमा सरकारमा सहभागी छ । माओवादी केन्द्रसितको गठबन्धनबाट देशको ७ वटै प्रदेशमा एमाले सरकारमा रहेको छ । अन्य प्रदेशमा सरकारबाट हटाइए पनि मधेश प्रदेशमा सत्तामा रहीरहन एमालेले उपराष्ट्रपतिमा जसपाका उम्मेदवारलाई सघाउने आन्तरिक सहमति गरेको छ । मधेश प्रदेशमा एमालेका सभामुख र ४ जना मन्त्री छन् । प्रतिनिधि र प्रदेशसभाको चुनावसँगै लडेको एमालेले जसपासितका सहकार्यलाई निरन्तरता दिन चाहेको स्रोतको कथन छ । राष्ट्रपति चुनावमा एमालेले ८ दलीय गठबन्धनलाई कडा चुनौती दिने देखिएको छ ।

यद्यपि गठबन्धनको ५ हजार भन्दा बढी मतभार एमालेको भन्दा बढी छ । तै पनि एमालेले चुनाव जित्ने दाबी गरिरहेको छ । देशको पहिलो राष्ट्रपतिमा कांग्रेसबाट डा.रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । तर देशमा एमालेकी विद्या भण्डारी राष्ट्रपति र माअ‍ोवादी केन्द्रका नन्दबहादुर पुन उपराष्ट्रपति पदमा ७ वर्षदेखि निरन्तर छन् । एमालेसितको माओवादी केन्द्रको गठबन्धन भत्किएपछि फेरि कांग्रेस र जसपाका क्रमशः राष्ट्रपति र उपराष्ट्रपति बन्ने भएका छन् ।

Comment


Related News