अपडेट 
२०७९ फाल्गुन २०, शनिबार १६:१५

नेपाल भारतबीच खुल्ला सीमा नाका रहेका कारण यहाँका कुखुरा किसानहरु समस्यामा परेका छन् । उनीहरुले भारतीय बजारको मूल्यमा यहाँ कुखुरा तथा अण्डा जन्य समान उपलव्ध गराउन नसक्दा किसानहरुलाई भारी नोक्सानी बेहोर्नुपरेको छ ।

खुल्ला सीमा नाका रहेका कारण यहाँ भन्दा सस्तोमा भारतीय बजारमा अण्डा, कुखुरा उपलव्ध हुने गरेका कारण यहाँ उत्पादन हुने कुखुरा र अण्डाको बिक्री महँगो हुने गरेका छन् । यहाँ कामदार देखि लिएर कुखुराले खाने दाना समेत महँगोमा उपलव्ध हुने गरेकाले भारतीय बजारको दररेटमा बिक्री गर्न कठिनाइ भएको छ । खुल्ला सीमा नाका भएका कारण ट्रकलेनै भारतबाट आयात हुने गरेका छन् त्यो कुखुरा नेपालमा पाइने कुखुरा भन्दा सस्तो हुने गरेका छन् ।

सीमा नाकामा एउटा ट्रक नेपाल भित्र्यिाउनकालागि प्रहरीलाई एक हजार सम्म मात्र दिईदिँदा भित्र्यिाउन समस्या नहुने गरेको यहाँका व्यापारीहरुले आरोप समेत लगाएका छन् । भन्नकोलागि सीमानाकामा कडाइ गरिएको छ तर, ठूला व्यापारीहरुको यस्ता यस्ता ट्रकहरु समान्य रुपमा भित्र्निे गरेको पाइएको कुखुरा व्यबसायी किसान जोरो अभियानका संयोजक रुपेशकुमार साहले आरोप लगाएका छन् ।

धनुषा सहित देशभरका कुखुरा व्यवसायी किसानहरु समस्यामा रहेको भएपनि सरकार र प्रहरी प्रशासनको उदाशिनताका कारण यहाँका व्यवसायीहरु व्यापक समस्यामा परेको छ । हुनत नेपाल सरकारले किसानहरुकालागि विभिन्न प्रकारको अनुदान दिने गरेका छन् तर, ती नेता मन्त्रीहरुको आसोपासे र नेता कार्यकर्ताहरुकैलागि रहेको विभिन्न समयमा आरोप लाग्ने गरेको छ । मधेश प्रदेश सरकारले समेत विगतमा कृषि मन्त्रालयको माध्ययमले किसानकालागि विभिन्न अनुदानहरु प्रदान गरेका छन् तर, त्यो अनुदान बास्तविक किसान सम्म पुग्न सकेको छैन् ।

बास्तबिक किसानहरुको समस्या एकीकृत रुपमा समाधान गर्नकालागि धनुषामा कुखुरा व्यवसायी किसान जोरो अभियान सुरु गरिएको छ । शनिबार धनुषाको धनुषाधाम नगरपालिकामा अभियानका संयोजक रुपेश कुमार साह र राम जित यादवले जिल्लाभरिका कुखुरा व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर एकीकृत गर्न उक्त अभियानको सुरुवात गरेको जनाएका छन । अभियानका संयोजक साहले यस अभियानमा आबद्ध हुन सम्पूर्ण कुखुरा व्यवसायीलाई समय समयमा शीपमुलक तालीम दिनेदेखि, आर्थिक र सामाजिक रुपमा पनि सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शनिबारबाट सुरु भएको उक्त अभियानमा जिल्लाभरका विभिन्न गाउँपालिकाका करीब ४० जना कुखुरा व्यवसायी सहभागी भएका थिए । उक्त अभियान धनुषा जिल्लामात्र नभएर मधेश प्रदेश र देशभर विस्तार गर्ने संयोजक साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News