अपडेट 
२०७९ फाल्गुन २०, शनिबार १६:४०

धनुषाको रमदैया स्थित प्रसिद्व शक्तिपिठ माँ राजदेवी मन्दिरमा चोरी गर्ने पाँचजना हातहथियार सहित प्रहरीको फन्दामा परेका छन् ।

गत १४ गते राति १२ बजेर १० मिनेटमा मन्दिरको ताला तोडी मन्दिरबाट देवीको चाँदीको मुर्ती सहितको गरगहनाहरु चोरी गर्ने गिरोह पक्राउ परेका छन् । सो घटनामा संलग्न रहेको भन्दै धनुषा प्रहरीले धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमान, वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो र जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्मुदिन साहलाई पक्राउ गरि र्सावजानिक गरेको छ ।

सर्वप्रथम पक्राउ परेका मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्रयाकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानहरु सहित नियन्त्रणमा लिइएको थियो ।

घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थान –१ र ऐ. मा लाग्ने गोली थान १ समेत बरामद गरी थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले यसै समूहले नै जनकपुर उप.म.न.पा. १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको भन्ने बुझिएको समेत बताइएको छ ।

चोरी भएका सामानहरु

१) मुर्ती सहित चाँदीको पिढी २ के.जि. बरावरको । २) चाँदीको मुकुट अं. २५ तोलाको । ३) चाँदीको झाप अं. १ के.जि.को । ४) चाँदीको थाली अं. ५०० ग्राम को। ५) चाँदीको लोटा अं.१५ तोला को। ६) चाँदीको घण्टि अं. १२ तोला को । ७) सुनको मनटिका अं. ६ अनाको। ८) सुनको नथिया अं.१० अनाको। ९) सुनको सिक्रि अं. ४ अनाको। १०) सुनको नाकको टप अं. १ अनाको । ११) सुनको कानको बाली अं. ६ अनाको । १२) दान पेटिकामा रहेको नगद (अं.२/३ महिना देखी नखुलेको)

बरामद भएका सामानहरू

१) उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना –१ र ऐ. मा लाग्ने गोली थान–१, २) नगद ने.रु. ११,५००, ३) मोवाइल थान १३ थान, ४) चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्का समेत गरी अ. २ के.जी (महुअवा स्थितबाट निजहरुको साथबाट ) ५) मोहमद सरिफको घरबाट बरामद भएका सामानहरु (चरेशको थाल–७ थान, हम्मर थान–१, कमण्डल थान–१, दविया थान–३, खुकुरी थान–१, ह्याक्सो ब्लेड थान–१, पासपोर्ट थान–१, परीक्षा प्रवेश पत्र थान–१) ६) तामाको मरअंकित वस्तु थाना–१, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान–१, पित्तलको गिलास थान–१, दियो थान–१, तामाको सानो सानो गिलासहरु, फलामको छेनी थान–२, ठुलो फलाको घन–१, सलाई रिन्च–१, फलाको चारपाटे बस्तु, खुकुरी थान–१, खन्ती थान–१

Comment

Related News