२०७९ फाल्गुन २०, शनिबार १९:१२
नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।
आज दिउँसो २ बजेतिर शंखमुलमा रहेकाे एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उहाँ घाइते हुनुभएको थियो । रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उहाँ भुइँमा खस्नु भएको थियो । उहाँलाई सुरुमा नयाँबानेश्वरमा रहेकाे निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरमा रहेकाे अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाइ हुनुहुन्छ । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई छोरी अमेरिकामा हुनुहुन्छ ।

