अपडेट 
२०७९ फाल्गुन २१, आईतवार ०७:५५

जनकपुरधामस्थित रंगभूमि मैदानबारहबिघा)मा सर–सफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अग्रसरतामा विगत एक महिनादेखि जारी रहेको साताव्यापी सरसफाइ कार्यक्रम अन्तर्गत शनिबार सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा प्रजिअ दाहालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोली,जानकी प्रहरी चौकी जनकपुरधामका टोलीका प्रहरी जवान तथा अधिकारीहरुको व्यापक सहभागिता रहेको थियो भने जनकपुरधाम उपमहानगरपालिकाका सफाइकर्मीहरुले सहयोग गरेका थिए । त्यसैगरी सफाइ कार्यक्रममा अभियानीहरु रुवि झा,धीरेन्द्र साह,आरती मण्डल,पूर्व प्रहरी हवल्दार सुभद्रा आलेलगायतका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । जनचेतनाको अभावका कारण रंगभूमि मैदान दिन प्रतिदिन फोहरको डष्टवीनमा परिणत हुँदै गएकोले सरसफाइ गरिएको अभियानीहरुले बताएका छन् । सरसफाइप्रति सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गर्न थालिएको प्रजिअ दाहालले बताए । साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार राममन्दिर परिसरमा सरसफाइ गरिएको थियो तर होली पर्व र अन्तरगृह परिक्रमाको पूर्व सन्ध्यामा विशेष रुपमा रंगभूमि मैदानको सफाइ गरिएको उनले जानकारी दिए ।

Comment

Related News