
धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार राति जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १ १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र पछाडि सवार ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।