अपडेट 
२०७९ फाल्गुन २२, सोमबार ०८:४७

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भएको छ ।

आइतबार रामसागर रामस्वरुप बहुमुखी क्यामप्स (राराब)ले मतदाता सूची सार्वजनिक गरेको छ । सो अनुसार राराबमा सात हजार दश मतदाता रहेको निर्वाचन अधिकृत रेमन्त मौरवैताले जानकारी दिए । उनका अनुसार यसअघि गत शुक्रबार चुनावमा भाग लिने विद्यार्थी संगठन तथा समूह दर्ता गरिएको थियो । आइतबार प्रकाशित भएको मतदाताको सूचीमा फागुन २५ गतेसम्म दाबी विरोध गर्ने समय तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ ।

फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी– विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । राराबमा यसपालि करीब एक दर्जन उम्मेदवार हुने सम्भावना छ ।

राराबमा १२ वटा संगठन र तीन वटा स्वतन्त्र समूह दर्ता भएको छ । चुनावको प्रचारप्रसारको तीव्र रुपमा सम्भवित उम्मेदवारहरुले गरिरहेका छन् । कतिपय उम्मेदवारले पार्टीका शीर्ष नेता समक्ष उम्मेदवार बन्न दौडधुप जारी राखेका छन् ।

उम्मेवादर बन्ने निश्चित भएका आकांक्षीहरु आन्तरिक रुपमा विद्यार्थी मतदातालाई आफ् नो पक्षमा ल्याउन गृहकार्यसमेत गरिरहेका छन् ।

Comment


Related News