अपडेट 
२०७९ फाल्गुन २२, सोमबार १७:११

राष्ट्रपति विद्या भण्डारी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

फागुन २५ मा निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने योजना छ । उहाँले नयाँ राष्ट्रपतिले शपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना छ’, राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘सम्भवतः २९ भित्र सरिसक्नुहुनेछ ।’

संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

Comment


Related News