अपडेट 
२०७९ फाल्गुन २३, मंगलवार ०८:४५

जानकी हेल्थ केयर एण्ड हस्पिटलले १७ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

होली पर्वको पूर्वसन्ध्यामा सोमबार आयोजना गरेको होली मिलन समारोहमा वार्षिकोत्सवबारे जानकारी गराएको छ । हस्पिटलले आयोजना गर्न लागेको साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन फागुन २७ गते यात्री निवासदेखि बजरंग चोक सम्म सर–सफाइ,पापमोचनी सरको डिलमा वृक्षरोपण कार्यक्रम र रक्तदान कार्यक्रमको आयोजना गर्ने अस्पतालका सञ्चालक एवम् पूर्व प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्र यादवले बताए । त्यस्तै सोही दिन हस्पिटलबाट दिइने सेवामा विशेषज्ञ ओपीडी सेवा निःशुल्क प्रदान गरिने जनाइएको छ । त्यसैगरी, फागुन २८ गते जानकी वृद्धा आश्रम तथा मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण तथा फलफूल एवम् कपडा वितरण गर्ने कार्यक्रम रहेको छ भने २९ गते अस्पतालका विभिन्न विभागका कर्मचारीहरुबीच हाजिरी जवाफ प्रतियोगिता, महोत्तरी जिल्लाका स्वास्थ्य कार्यकर्ताहरुसंग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

त्यस्तै सोही दिन मेडिसिन, बलरोग, स्त्री रोग, अर्थो, नाक कान घाँटी, डेण्टल तथा युरोलोजीसहितका विशेषज्ञ ओपीडी सेवामा ५० प्रतिशत छुटसहित सेवा प्रदान गर्ने जनाइएको छ । त्यस्तै,फागुन ३० गते वार्षिकोत्सवको अवसरमा अस्पतालले नर्सिंग स्टाफबीच म्युजिकल चेयरसहितका खेल प्रतियोगिता आयोजना गरिने भएको छ भने सोही दिन स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ । सो अन्तरक्रिया धनुषा जिल्लाका स्वास्थ्यकर्मीीहरुलाई सहभागितामा हुने बताइएको छ । त्यसैगरी सो दिन मेडिसिन, बालरोग, स्त्रीरोग, सर्जरी, अर्थो, नाककान घाँटी, डेण्टल तथा युरोलोजी सेवामा विशेषज्ञ ओपीडी सेवा पचास प्रतिशत सहुलियतमा सेवा प्रदान गरिने डा.यादवले बताए ।

फागुन १ र २ गते सर्लाही जिल्लाका स्वास्थ्य कार्यकर्तासंग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने र सो दिन मेडिसिन, बालरोग, स्त्रीरोग, सर्जरी, अर्थो, नाककान घाँटी, डेण्टल तथा युरोलोजी सेवामा ५० प्रतिशत सह्ुलियत दरमा सेवा प्रदान गरिने बताइएको छ त्यस्तै फागुन ३ गते अस्पतालको विभिन्न विशेषज्ञ ओपीडी सेवामा पचास प्रतिशत छुट दिइने बताइएको छ । यता सोमबार आयोजित होली समारोहमा डा.दामोदर प्रधान, डा. प्रो.सुधीर सिंह, डा.शशिशेखर अधिकारी तथा डा. रमण मिश्रसहितका व्यक्तिहरुले शुभकामना मनतव्य राखेका थिए ।

Comment

Related News

Latest News

Trending News