अपडेट 
२०७९ फाल्गुन २३, मंगलवार ०९:१२

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले राष्ट्रपति निर्वाचनपछि राजनीति कोर्ष अगाडि बढ्ने बताएकी छन् ।

सोमबार जनकपुरधाममा सेभेन स्टार होटल एण्ड ब्यान्क्यूटमा आयोजित होली मिलन समारोहमा उक्त कुरा बताएकी छन् । उनले स्वर्थकालागि गठबन्धन गर्ने र तोड्ने परम्पराले राजनीति दलका नेताप्रति नकारात्मक सन्देश गएको बताइन् । दीपेन्द्र कुमार यादवको अगुवाइमा भएको कार्यक्रममा उनले नयाँ गठबन्धनको प्रदेश सरकार पुनर्गठन गर्न सहज नरहेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनपछि अनुमान गरेको भन्दा फरक रुपमा राजनीति कोर्ष अगाडि बढ्न सक्ने बताइन् । त्यस्तै,उनले मिथिला माध्यमिकी परिक्रमाका साधुसन्तहरुसंग खुशियाली साटासाट पनि गरेकी थिइन् ।

जनकपुरधाममा साधुसन्त, विभिन्न राजनीतिक दलका नेता र संघसंस्थाहरुसंग होली खेल्न पाउँदा उनले खुशी व्यक्त गरिन् । मिथिलाको होली विशिष्ट रहेको अनुभव भएको उनले बताइन् । जनकपुरधामको मठमन्दिरका भगवान सहितको डोला १५ दिन सम्म परिक्रमा गर्दै होली मनाउने परम्परा लोभलाग्दो रहेको उनले चर्चा गरिन।

Comment

Related News