अपडेट 
२०७९ फाल्गुन २३, मंगलवार ०९:१५

महोत्तरी प्रहरीले नोट सटही गर्ने आरोपमा नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका–३का ४३ वर्षीय जितेन्द्र कुमार सिंह,४७ वर्षीय सुशील साह,१९ वर्षीय धीरज मण्डल,३२ वर्षीय जिलानी अन्सारी,३४ वर्षीय अकबर अन्सारी,५६ वर्षीय रामएकवाल मण्डल,जलेश्वर नगरपालिका–२ का २७ वर्षीय आनन्द कुमार,३४ वर्षीय सरोज कुमार साह र ३३ वर्षीय जितेन्द्र कुमार महतो रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको साथबाट स्रोत नखुलेको १५ लाख ३७ हजार ६ सय ४० भारतीय रुपैयाँ र ८२ हजार २ सय ५ नेपाली रुपैयाँ बरामद भएको जनाइएको छ । उनीहरुले नेपाली नोटलाई भारतीय नोटसंग सटही गर्ने क्रममा पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सन्तोष कुमार पोखरेलले दिएका छन् ।

पक्राउ परेका हरुलाई जिप्रका महोत्तरीमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तरगत आवश्यक कारबाहीका लागि बरामद गरिएको रकम राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने जानकारीसमेत दिइएको छ ।

Comment


Related News