अपडेट 
२०७९ फाल्गुन २३, मंगलवार ०९:२५

तस्करीका लागि बालुवा मुनि गाडिएर राखिएको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

आइतबार राति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित कोशी ब्यारेजको दक्षिण सप्तकोशी नदी किनारमा बाुलवा मुनि गाडिएर राखिएको अवस्थामा प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ । तस्करीका लागि दुई वटा प्लास्टिकको बोरामा ¥यापिङ गरी गाँजा बालुवा मुनि गाडिएर राखिएको सूचनापछि इलाका प्रहरी कार्यालय भारदह र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

रातिको समयमा डुङ्गामा राखेर तस्करले उक्त गाजा भारतीय बजारमा पु¥याउने योजना बनाएको अनुमान गरिएको भए पनि तस्करको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । भारत भित्र्याउन सप्तकोशी नदी तस्करहरुका लागि उत्तम मानिन्छ । त्यही रुटलाई प्रहरीले विशेष निगरानीमा राखेको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए । गाँजा तस्करी र खेती रोक्न अहिले प्रहरीले अभियान नै चलाएपछि आर्थिक वर्ष २०७९/८० को हालसम्मको अवधिमा १८ हजार ९ सय गाँजाको बोट नष्ट गरिसकेको प्रहरीले जनाएको छ ।

Comment

Related News