अपडेट 
२०७९ फाल्गुन २३, मंगलवार १९:०१

जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अनतर्गत यस वर्षको महामूर्खको उपाधि नगरप्रमुख साहलाई प्रदान गरिएको छ । नगरप्रमुख साहलाई महामूर्खको उपाधी स्वरुप लाटोकोसेरोको मुकुट लगाईएको थियो ।

मंगलबार जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा महामूर्ख मेयर साहसहित अन्य १३ जनालाई विभिन्न उपाधिहरु प्रदान गरिएको छ ।

सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान गरिएको थियो ।

मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।

Comment


Related News

Latest News

Trending News