२०७९ फाल्गुन २३, मंगलवार १३:४४

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

मंगलबार दर्ता भएको रिटको शुक्रबारलाई पेसी तोकिएको छ। सर्वोच्च अदालतले २०७९ फागुन १९ गते प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दायर गर्न आदेश थियो।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटलाई ईश्वर खतिवडा र हरिप्रसाद फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो। शुक्रबारको आदेशपछि मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरणसहितले एउटा रिट र कल्याण बुढाथोकीसहितले अर्को रिट दर्ता गराएक हुन्।

पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ। प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

Comment


Related News

Latest News

Trending News