अपडेट 
२०७९ फाल्गुन २५, बिहीबार १७:२९

आईसीसी विश्वकप क्रिकेट लिग टू-को जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरको समाप्तिमा २४५ रन जोड्दै अलआउट भयो । योसँगै नेपाल ५२ रनले विजयी भएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको थियो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।  नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरेका थिए ।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप सापकोटाले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।  

Comment


Related News

Latest News

Trending News