अपडेट 
२०७९ फाल्गुन २६, शुक्रबार ०८:१०

निर्वाचन आयोगले आज राष्ट्रपति चुनावको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले हिजो भएको चुनावको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो सोमवार शपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पर्सि आइतवार कार्यकाल सकिने भएकाले पौडेलले सोमवार शपथ ग्रहण गरेपछि पद सम्हाल्नु हुनेछ।

नौ दलीय गठबन्धनको साथमा पौडेल हिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले मत दिएका थिए ।

Comment


Related News

Latest News

Trending News