अपडेट 
२०७९ फाल्गुन २६, शुक्रबार ०८:१८

मिटरब्याजी पीडितहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

पीडिततहरुले बिहीबार स्थानीय रामानन्द चोकबाट विरोध जुलुस प्रर्दशन गर्दै जानकी चोक, राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ । यस अघि गत फागुन १८ गते पनि पीडितहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । ऋण मिनाहा, सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पति फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर लगायतका नाराहरू लेखिएको प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका छन् ।

महिला समूह गठन गर्ने र बिना धितो ऋण दिने भनेर प्रलोभन देखाइ बचतको नाममा लघुवित्त संस्थाहरुले रकम लुटेर आफू मोटाउने र गरिब विपन्नलाई उठिवास लगाउने गरेको उनीहरुको भनाई छ । ऋण दिने बेलामा न्युन्तम् ब्याज लाग्ने र पछि त्यही पैसाको ३६ प्रतिशत सम्म ब्याज संचालकहरुले असुल्ने गरेको उनीहरुको भनाई छ । विपन्न नागरिकको जीवन स्तर उकास्न भन्दै बिना धितो समूहको जमानतमा ऋण दिने र पछि राष्ट्रबैंकले तोकेको भन्दा फरक गरी विभिन्न शीर्षकमा मोटो रकम असुल्ने गरेको मिटरब्याजी विरुद्धको संघर्ष समिति नेपालका सदस्य संघर्ष दाहालले आरोप लगाए ।

मिटरब्याजी तथा लघुवित्त वित्तीय संस्थाहरू ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेको उनले दुखेसो पोखे । आफूहरुको समस्याप्रति सरकार गंभीर नदेखिएकोले आन्दोलन गर्न वाध्य भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News