अपडेट 
२०७९ फाल्गुन २६, शुक्रबार १०:५३

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको हो  ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो  जस्तै तोलामा एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News