अपडेट 
२०७९ फाल्गुन २६, शुक्रबार १६:५४

स्ववीयू चुनावलाई लिएर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी गरिएको छ । मतदाता नामावलीको बिषयलाई लिएर विद्यार्थीले शुक्रबार आगजनी गरेका छन् । स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुले शुक्रबार विद्यार्थी कल्याणकोष तथा खेलकुद शाखामा आगजनी गरेका हुन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायतका नेताहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवादका बिषयमा छलफल गरिरहदा विद्यार्थीहरुको एक समूहले विद्यार्थी कल्याणकोष तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाएका थिए ।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको मतदाता नामावलीमा ८सय फर्जि बिद्यार्थीहरु रहेको भन्दै बिद्यार्थीहरुको नेताहरु बिरोध गर्दै आएका थिए ।क्याम्पस प्रशासनले जारी गरेको १० हजार २७२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप छ । क्याम्पस प्रमुख र निर्वाचन अधिृकत लगायतका क्याम्पस पदाधीकारीहरुसंग विद्यार्थी नेताहरुले गरिरहेको बिरोधात्मक छलफलकै बेला बिद्यार्थीहरुको एक समूहले आगजनी गरेको बताइएको छ । विवाद चलिरहेको समयमा विद्यार्थी कल्याणकोष तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई राजीनामा पत्र बुझाएका छन्।

आगलागिबाट फर्निचर एवम केहि आवश्यक कागजहरु जलेका छन् । आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेताहरु सुजित गिरी, शिवम साह र मनिष चौहानलाई नियन्त्रमा लिएको छ । क्याम्पसमा तनाव बढेपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News