अपडेट 
२०७९ फाल्गुन २७, शनिबार १०:१०

पर्सा प्रहरीले बीरगन्जको आदर्शनगरमा रहेको पिन्कि गुट्का उधोगमा छापामारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले सो उधोगको गोदाममा छापामारी गरी सिल्बन्दी गरेको हो । बीरगंज महानगरपालिका आर्दशनगर पछाडि रहेको निरन्जन अग्रवालले संचालन गर्दै आएको उक्त उधोगको गोदाममा बिहिबार बेलुका छापामारी सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । च्युगम बनाउने केमिकल आयातमा अग्रवालले राजस्व छली गरेको आंंशका प्रहरीले गोदामा छामामारी गरिएको प्रहरीको भनाई छ ।बिषय परिवर्तन गरि गुणस्तरहीन केमिकल आयात गरि चपाउने च्यूगम उत्पादन भइरहेको सुचनाका आधारमा गोदाम सिलबन्दी गरिएको प्रहरीको श्रोतको भनाइ छ ।

सुचनाको आधारमा छापामारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गीरीले बताउनु भयो । अनुसन्धान भईरहेको हुनाले अहिले नै सबै कुरा भन्न नमिल्ने गीरीको प्रतिक्रिया थियो ।उहाले आइतबार राजश्व कार्यालय,उधोग बाणिज्य संघ लगायतका प्रतिनिधिहरुको उपस्थितीमा चेकजांच गरिने बताउने भयो । यस सम्बन्धमा उधोगपति निरन्जन अग्रवालसँग बुझन खोज्दा उहा सम्पर्कमा आउने चाहनु भएन ।उहाँको मोबाईल समेत स्वीच अफ गरिएको छ

Comment


Related News

Latest News

Trending News