अपडेट 
२०७९ फाल्गुन २७, शनिबार १३:३९

जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन्।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले शनिबार उम्मेदवारी दिएका हुन्।

उनलाई सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन रहेको छ। प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपासहित चार दलको समर्थन रहेका उनलाई स्वतन्त्रका एक सांसदको पनि समर्थन रहेको छ।

Comment

Related News