
जनमत पार्टीकाे तर्फबाट नेता ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । १० दलीय सत्ता गठबन्धनबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको हो ।
उहाँको प्रश्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहनुभएको छ भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहनुभएको छ । सत्तापक्षकै जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै नेकपा एमालेबाट उपराष्ट्रपति पदकाे लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।