अपडेट 
२०७९ फाल्गुन २७, शनिबार १६:२९

विगत १६ दिन देखि शान्तिपूर्ण धर्नामा बसेका चुरे तथा वन जंगल संरक्षण अभियानका अभियानी तथा भूमिहीन सुकुम्बासीहरु आईतबार (भोली)देखि आक्रामक तवरले सरकारको विरोध गर्ने जनाएका छन ।

विभिन्न मांग राखी शान्तिपूर्ण धर्नामा बस्दै आएका अभियानी तथा भूमिहीनहरुको वास्ता सरकारले नगरेको भन्दै भोली देखि नारा जुलुस, चक्काजाम, तालाबन्दी लगायत बिरोध प्रदर्शन गर्ने अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए । उनले सरोकारबालाहरुलाई शान्तिपूर्ण तरिकाले बुझाउन खोज्दा कुनै वास्ता नगरेको गुनासो पोखे ।

अभियानीहरुले अवैध क्रसर उद्योगहरु बन्द गरी चुरे संरक्षण गर्नुपर्ने, भूमिहीनलाई यथाशीघ्र जग्गा उपलब्ध गराउनुपर्ने र एलानी जग्गामा बसोवास गर्दै आएकाको जग्गाको लालपूर्जा बनाउनुपर्नेलगायतका माग अघि सार्दै लामो समयदेखि मधेस प्रदेशका आठवटै जिल्लामा धर्ना, जुलुस तथा बिरोध प्रर्दशन गर्दै आएका छन ।

Comment


Related News