अपडेट 
२०७९ फाल्गुन २८, आईतवार ०८:४३

बाराको कोल्हवी नगरपालिका–५का वडा अध्यक्ष नन्दकिशोर चौधरीलाई वन मासेको आरोपमा पक्राउ गरिएको छ ।

छलफलकोलागि बोलाइएको वडा अध्यक्ष चौधरीले डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहलाई अभद्र व्यवहार गरेका थिए । कोल्हवी नगरपालिका–५ मा वन क्षेत्रमा पर्ने ५.३ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको ८ हजार ५ सय ५० विरुवा(लाथ्रा साईजको रुख ) मंगलबार राति स्थानीय केही व्यक्तिहरुले नष्ट गरेको खबर आएको थियो । तारबार भत्काइ दुई बर्षको बिरुवा नष्ट गरेको खबर पाएपछि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित जिल्लाको सुरक्षा निकायका ३ वटै प्रमुखहरु सहितको अनुगमन टोली घट्ना स्थलमा पुगेको थियो । ण्सोही अनुगमनटोली सँगै गएका डिभिजन वन कार्यालयका प्रमुख सिंहलाई वडा अध्यक्ष चौधरीले अभद्र व्यवहार गरेपछि उनलाई वनरक्षकको टोलीले पक्राउ गरेको छ ।

वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जग्गाको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बाराको नियन्त्रणमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट होलि पर्वको मौका छोपेर वडाध्यक्ष चौधरीको उक्साहटमा स्थानीयले बन कार्यालयले लगाएको १५।१६ फिटको रुख (लाथ्रा) काटिएको देखिएको डिभिजन वन प्रमुख सिँहले जानकारी दिए । तर वडावडाध्यक्ष चौधरीले वन फँडानीमा आफ्नो संलग्नता नभएको जिकिर गरेका छन् ।

Comment

Related News

Latest News

Trending News