अपडेट 
२०७९ फाल्गुन २८, आईतवार ०८:४६

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय अंतर्गत संचालित जनता आवास योजनाको अधुरो घर निर्माणको कार्य तीव्र गतिमा अगाढि बढाइने भएको छ ।

शहरी विकास तथा भवन कार्यालय पर्साको निमित कार्यालय प्रमुख मदन रायले जनता आवास योजनाको काम तीव्र गतिमा गरिने बताएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि शुरु भएको गरीव दलितको लागि आवासको व्यवस्थापन गर्ने योजना जनता आवास कार्यक्रमको निरीक्षण अवलोकन गर्न रौतहटको चन्द्रपुर नगरपालिका–५ मोतीपुरमा पुगेका निमित्त प्रमुख रायले संचारकर्मीहरु संग सो कुरा बताए ।

दलित समुदायका व्यक्तिलाई सुरक्षित आवासको व्यवस्था गराउने उद्देश्यले नेपाल सरकारले ल्याएको योजना अनुसार रौतहटमा २ हजार ३ सय ५० जनालाई घर निर्माण गर्ने कार्य बढ़ाइएको जानकारी दिँदै रायले छाना हाल्ने कार्य नगरेको घरको कार्य समयमा सम्ंपन्न गराउने र रकम भुक्तानी दिनका लागि स्थलगत अनुगमन शुरू गरिएको स्पष्ट पारे । चालु आर्थिक बर्षमा ४ सय ५० घरको योजना रहेकोमा १ हजार ३ सय ५० घर बितरण गरिएकोमा रकम अपुग भएर भुक्तानी हुन नसकेको बताए ।

कार्यालय प्रमुख रायले योजना शुरूआत भएको बर्ष देखि अहिले सम्मको घरको अवस्था निरीक्षण गरी काम अनुसारको भुक्तानी गर्ने जानकारी समेत दिए । रौतहटमा आर्थिक वर्ष २०७६/०७७ मा १ हजार घर र आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ३ सय ५० गरी जम्मा २ हजार ३ सय ५० घर बाडिएकोमा अहिले सम्म १ हजार ५ सय ३० घर निर्माण गरी सम्वन्धित लाभग्राहीलाई हस्तान्ंतरण गरिएको छ । बाँकी रहेको घरको कार्य अंतिम चरणमा रहेकोले छिट्टै निर्माण कार्य संम्पन्न गराई सम्बन्धित घरधनीलाई जिम्मा लगाउने उनले जानकारी दिए । चन्द्रपुर नगरपालिका–५ मा ३६ जनाको घर निर्माण गरिएको छ । घर पाए पछि खÞुशी भएको स्थानीय श्रीपति माझी ले बताइन् ।

उपभोक्ता समितिका अध्यक्ष मंजु माझीका अनुसार गरीबहरुले झुपड़ीमा बस्दै आएकोले जस्ता पताको घर पाएपछि हर्षित भएका छन् । स्थानीय कन्नी माझी,उदित माझी , दिनेश माझी ,उमेश माझी ,राजेश माझी ,राजेन्द्र माझी सहित ३६ जनाको घर ३ लाख ३६ हजारको लागतको दरले निर्माण गरिएको प्रमुख रायले जनाए । जनता आवास कार्यक्रम अन्तर्गत रौतहटको राजदेवी नगर पालिका–१ पथरा ,६ राजदेवी,गौर नगरपालिका–२ , ईशनाथ नगरपालिका–२ औरैयामा घरहरु अधुरो रहेको कारण बसोबास गर्ने लाभग्राही समस्यामा रहेका छन् । प्रमुख रायका अनुसार बारा जिल्लामा १ हजार ९ सय ३९ घर संख्यामा १ हजार ५० घर निर्माण भई हस्तानांतरण भइसकेको र ३ सय २७ घरको काम अन्तिम चरणमा रहेको छ। पर्सा जिल्लामा १ हजार ७ सय १९ घर संख्यामा १ हजार १ सय ९४ घर निर्माण कार्य संम्पन्न भइसकेको तथा ७ सय ४६ घरको काम अंतिम चरणमा रहेको छ ।

Comment


Related News

Latest News

Trending News