अपडेट 
२०७९ फाल्गुन २८, आईतवार ०८:५०

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले राजनीतिक दलहरुको अर्कमण्यताको कारण देशमा संक्रमणकाल लम्बिंदै गएको आरोप लगाएका छन् ।

शनिबार सर्लाही तर्फ जाने क्रममा जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका छन् । उनले भने,‘०६३ मा तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालीन अवस्था शान्ति प्रक्रियालाई टुंग्याउनु पर्ने हो तर यसमा न त सरकार नै गंभीर छ न त राजनीतिक दलहरु नै ।’ ‘विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अन्तरिम संविधान, २०६३ र नेपालको संविधानले गरेको व्यवस्थाबाहेक सङ् क्रमणकालीन न्यायसँग जोडिएका विषयहरू अन्य तरिकाले हेर्न मिल्दैन”, उपाध्यक्ष सापकोटाले भने, ‘अन्य तरिकाले हेर्न थालियो भने शान्ति प्रक्रियालाई असर पु¥याउँछ । पछिल्लो परिवर्तनका लागि बलिदानी दिएका नेपाल आमाका छोराछोरीहरूको योगदानको अपमान हुन्छ । त्यसैले प्रतिकूल असर पार्ने गरी कुनै काम नगर्न म सबैलाई आग्रह गर्दछु ।’ राजनीतिक दलहरुको दाउपेचका कारण संसदमा संक्रमणकालीन न्यायिक अवस्था टुंग्याउनका लागि पास हुनुपर्ने विधेयकहरु थन्काएर राखिएको बताउँदै उनले ती विधेयकहरु तत्काल पास हुनु पर्ने जिकिर गरे ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्च अदालतमा मुद्दा दर्ता हुनुले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन असर पर्ने नेता सापकोटाले स्पष्ट पारे । विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत हुनु पर्ने आवश्यकता औंल्याउँदै उनले भने,‘देशमा प्राप्त राजनीतिक उपलब्धीहरूलाई उल्ट्याउन विभिन्न प्रयासहरू भइरहेको छ । त्यसका विरुद्ध जनमत बनाइराख्न सबै सचेत नेपालीले आ–आफ्नो स्तरबाट भूमिका निर्वाह गर्नुपर्ने अहिलेको आवश्यकता छ ।

Comment


Related News

Latest News

Trending News