अपडेट 
२०७९ फाल्गुन २८, आईतवार ०८:५४

जहा विश्वास हुन्छ त्यहा विश्वासघात हुने सम्भावना बढी हुन्छ । सम्भावना भन्ने शव्द हरेक ठाउँमा लागु हुन्छ तर, विश्वासघात हुनु त्यति धेरै प्रभावकारी मानिदैन् । विश्वास गर्नु र विश्वासघात हुनु सवै ठाउँमा लागु हुन्छ । हुनत अहिले विश्वासघात शब्द राजनीतिमा बढि प्रचलनमा छ तर, हुनत सवै ठाउँमा हुन्छ । विश्वासको बातावरण बनाउन धेरै मिहिनत र अथक प्रयास गर्नुपर्छ तर विश्वासघात गर्न एक मिनेट पनि लाग्दैन् । कसैलाई खरो बोली र खरो व्यवहार गर्दा उ आफै नबुझ्ने कुराहरु पनि बुझि हाल्छ । अहिलेको नेपाली राजनीतिमा दुबै एक्कै ठाउँमा हेर्न पाइएको छ ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका पार्टी र नेताहरुलाई साथमा लिएर उनी विरुद्ध मोर्चा बन्दी गरेर केपी ओली नेतृत्वको सरकारलाई विघटन गराई नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए । त्यो सरकारले स्थानीय, प्रदेश र संघको निर्वाचन गराए । दाहालले जहाँ जहाँ जसरी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भने उनले कही कतै चुक गरेन् । खुल्ला हृदयले दाहाललाई सहयोग गरे । प्रतिनिधिसभाको निर्वाचनमा उपेन्द्र सप्तरी दुईबाट जनमत पार्टीका अध्यक्ष सीके राउत संग पराजित पनि भए तर, दाहाललाई प्रधानमन्त्री बनाउन उनले गरेको अथक प्रयासलाई भूल्न सकिँदैन् । राष्ट्रपतिको निर्वाचनमा समेत उपेन्द्रले गठबन्धनलाई धोका दिएन बरु जोरतोरका साथनै सहयोग गरे । तर, जव उपेन्द्रलाई केही लिने समय आयो आज सवै राजनीतिक दल र नेताहरु आफ्नो चरित्र उजागर गर्दैछन् । उनलाई सद्नमा छिर्ने यो एउटा सुनौलो अवसर भए पनि उनलाई रोक्ने प्रयास जोडतोडका साथ चल्दैछ । उनको राजनीतिक यात्रामा पूर्णविराम लगाउन फेरि एउटा मधेशीलाई प्रयोग गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले समेत उपेन्द्र यादव सदनमा हुनुपर्ने अभिव्यक्ति दिएकै हो तर, आज उनले उपराष्ट्रपतिमा उम्मेदवार दिएर उपेन्द्रको बाटो छेक्ने प्रयास गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस पार्टी अलग अलग भए पनि सोच र प्रवृत्ति भने समान रहेको छ । समान प्रवृत्ति भएकाहरुले विगतमा भएको मधेश आन्दोलनको क्रममा मधेशीमाथि दमन गर्न पछि परेका थिएन् । दमनको त कुरै छोडौ ताकि ताकि टाउकोमा गोली हान्न पछि परेका थिएन् । तर पनि किन मधेश केन्द्रित दलहरु उनीहरुको पछि लागेका छन् ? उपेन्द्रमा मधेशी जनताले एउटा आशा र अपेक्षा हेरेका थिए । उनमा अनौठो शक्तिको महसुस जनताले गरे पनि उनले दाहाल सामु शरणम गच्छामी गरेको मधेशी जनतालाई कदापि स्वीकार्य भएन् । पटक–पटक विभिन्न क्षेत्रवाट निर्वाचित भएका उपेन्द्र यस पटकको निर्वाचनमा पराजय भोग्नु परेको छ । उनी उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई सारेर त्यो संसदीय दलमा चुनाव लड्ने योजना बनाएको सबैलाई थाहा हुँदा हुँदै पनि आज दाहालले उनलाई साथ दिनबाट पछि परेका छन् । भनिन्छ घर फुटे गवाँर लुटे त्यो अहिलेको मधेशवादी दलहरुमा हेर्न पाइ रहेको छ । उपेन्द्रको बाटो छेक्नकालागि सीके राउत आगाडि आएका छन् । सीके राउतलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले सहयोग गरेका छन् । उपेन्द्रकै बाटो छेक्ने आफ्नैबाट भएको प्रयास सकारात्मकताको अनुभूति नदिएको भन्न सकिन्छ । आज एउटा मधेशी फेरि एउटा संवैधानिक पद पाउनबाट बञ्चित भई रहेका छन् । सीकेले आफ्नो उम्मेदवार फिर्ता नलिए एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति हुने सम्भावना भएपनि मधेश केन्द्रित दलहरु अलग अलग ध्रुवीकरणमा छन् । अहिले एक भएर मधेशीलाई उपराष्ट्रपति बनाउनु र उपेन्द्रलाई सदन छिराउने बेलामा आफ्नै भित्रमा देखिएको किचलोले भविष्यमा मधेश र मधेशीलाई ठूलो नोक्सानी हुने सम्भावना बढ्दै गएको छ ।

अहिले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल मुकदर्शक भएर बसेका छन् । यता, लोसपा, नागरिक उन्मुक्ति र सीके राउत ममता झालाई उम्मेदवार बनाएर उनलाई जिताउने प्रयास गरिरहेका छन् । ९ दलीय गठबन्धन राष्ट्रपति जिताए तर, उपराष्ट्रपतिमा मधेशी अनुहार नआओस भनेर तीन ठूला दलहरुले कुनै समन्वयकारी भूमिकामा देखिएन् । यो मात्र उपराष्ट्रपतिलाई रोक्ने प्रयास होइन् यो उपेन्द्र यादवलाई पनि सद्नमा छिर्न नदिने उनीहरुको पनि षडयन्त्र हो । ती तीन दलका शीर्ष नेता पनि उपेन्द्र सद्न छिरोस भनेर चाहेका छैनन् । अहिले एक्लै भएका उपेन्द्रलाई सहयोग गर्ने हाथहरु पछाडि सरेका छन् । सधै उपेन्द्रले दाहालकोलागि सहयोगी भए तर, आज उनलाई यो अवस्थामा पुर्याउने सबै भन्दा ठूलो भूमिका दाहालको हो भन्न समस्या नहोला । उपेन्द्रले मधेश केन्द्रित दललाई कहिल्यै काउण्ट नगरेका कारण अहिलेको दोषी महन्थ, सीके र चौधरीलाई भन्नु भन्दा बढी दाहाल बढी दोषी देखिएको छ । मत दिनु वा मत नदिनु आफ्नो ठाउँमा छ तर, समन्वयकारी भूमिका पनि निर्वाह गर्न नसक्नुले पनि उपेन्द्रलाई पाठ सिक्नु पर्छ । उपेन्द्रले पनि आफ्नालाई चिन्हनु पर्छ ।

जसको विरुद्धमा आन्दोलन गरे उनी सहयोगी साबित हुन्छ भनेर सोच्नु सबैको भ्रम मात्रै हो भन्न सकिन्छ । उपेन्द्रले उनीहरुमाथि गरेको विश्वास आज टुटने निश्चित जस्तै छ । उनीहरुसंग राजनीतिक गर्नु नै मधेश र उपेन्द्रकोलागि प्रभावकारी हुन सक्छ ।

Comment


Related News

Latest News

Trending News