अपडेट 
२०७९ फाल्गुन २८, आईतवार १०:३३

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएकामध्ये थप एक जना अभियुक्त पक्राउ परेको छ ।

पक्राउ पर्नेमा हातहतियार खरखजाना मुद्दाको अभियुक्त वर्ष ३६ को शंकर सिंह महतो रहेका छन । सिंहलाई मधेश प्रदेश प्रहरी कार्यालय
जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका संयुक्त प्रहरी टोलिले व्यापक सर्च अपरेशन गर्ने क्रममा २०७९/११/२७ गते २०ः०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १६ ईनर्वा स्थित भन्सार हुँदै लुकीछिपि नेपालबाट भारत तर्फ भाग्ने क्रममा फेला पारी नियन्त्रणमा लिईएको हो ।

२०७९/१०/१६ गते बिहान ३ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काई ६ जना थुनुवाहरू फरार भएका थिए । फरारमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरि जेल चलान गरिसकेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय रोसन यादव भने अझै फरार रेहेका छन भने उनको खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

Comment

Related News