
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । १९ जना घाइते भएका छन् ।
ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे ।
घाइते भएका १९ जनाकाे खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।