अपडेट 
२०७९ फाल्गुन २८, आईतवार १२:४२

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयले रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने निर्णय गरेको हो।

महिला उम्मेदवार नै हुनुपर्ने दाबी गर्दै उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए। तर संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने स्पष्ट पारेको हो।

यसअघि उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफूविरुद्ध परेको उजुरीमा जवाफ दिएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिएका थिए।

निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन्।

नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । उम्मेदवारलाई आज ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय आयोगले दिएको छ।

Comment

Related News

Latest News

Trending News