अपडेट 
२०७९ फाल्गुन २८, आईतवार १७:०१

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले भूमिहिन सुकुम्बासीको समस्या बारे प्रदेश सभामा कुरा उठाउने बताउनुभएको छ ।

मन्त्री कुशवाहाले सुकुम्बासीको जग्गा सम्बन्धी समस्या बारे आफ्नो पार्टीका अध्यक्ष डा.सीके राउतसंग छलफल गरि संघीय संसदमा समते कुरा पुर्याउने आश्वासन दिएका छन । आईतबार जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय घेराउ गर्दै नाराबाजी गर्न गएका चुरे संरक्षण अभियानी तथा सुकुम्बासीहरुसंग कुराकानी गर्दै मन्त्री कुशवाहाले उनीहरुको समस्या समाधान गर्न पहल गर्ने बताए । मन्त्री कुशवाहाले भूमीहिनलाई जग्गा दिने अधिकार संघीय सरकार र स्थानीय सरकारसंग मात्र रहेकोले प्रदेशमा ऐन नबनेसम्म भूमीहिनको समस्याप्रती कुनै ठोस निर्णय लिन नसक्ने बताउनुभयो ।

त्यस्तै, चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले विगत १७ दिन देखि धर्नामा बसेका सुकुम्बासीहरुप्रती सरकारले कुनै चासोँ नदेखाएको भन्दै गुनासो गरे । उनले गरिब जनतासंग भोट मागेर मन्त्री पद पाएकाहरुले तिनै गरिब जनताको समस्याको समाधानप्रती ध्यान नदिएको आरोप लगाए । अब पनि सरकारले वेवास्ता गरे आफूहरु बाध्य भएर कार्यालयमा ताला लगाउने संयोजक यादवले चेतावनी दिए ।

अभियानी तथा सुकुम्बासीहरुले एक घण्टा जनकपुरधामको भ्रमरपूरा चौकमा चक्काजाम गरेका थिए भने मन्त्रालय अगाडी सरकार विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

Comment

Related News