अपडेट 
२०७९ फाल्गुन २९, सोमबार ०७:३०

महोत्तरीको गौशाला नगरपालिकाको पुरानो सिनेमाहल चोकमा शनिबार राति आगलागी भएको छ ।

गौशाला नगरपालिका – ५ मा आरोही मोबाइल सेन्टरमा ९ः१५ बजे आगलागी हुँदा पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली र स्थानीयवासीहरुले आगोलाई नियन्त्रणमा लिएका थिए। आगलागीबाट मानवीय क्षति नभए पनि पसलमा अन्दाजी २० लाख बराबरको सरसामानहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए । विद्युतको सर्टसर्किटबाट आगलागी भएको अनुमान गरिएको छ ।

Comment


Related News