
वीरगन्जको आदर्शनगरमा प्रहरीले गरेको छापामारीबाट आइसिपि भन्सार कार्यालयमा भइरहेको ठुलो भ्रष्टाचारको पर्दाफास गरेको छ । बीरगन्जको आदर्शनगर ठाकुरराम क्याम्पस पछाडि रहेको पुरानो पिकिं गुटका र अहिलेको स्वीटमार्ट फूड इंडस्ट्रीजले आयात गरेको समान चेकजाचं हुदा वीरगन्ज भन्सार कार्यालयमा भइरहेको भ्रष्टाचारको खुलासा भएको हो ।
विभिन्न प्रतिनिधिहरुको रोहबरमा प्रहरीले आइतबार उधोगमा गरेको चेकजाचमा भन्सार बिभागले तोकेको महसुल दरबन्दीको बिषय बस्तु परिवर्तन गरेर कर्मचारीहरुकको मिलिभगतमा राजश्व हिनामिना गरिएको पाइएको छ । स्वीटमार्ट फूड इंडस्ट्रीजले आयात गरेका च्यूगम बनाउने कच्चा पदार्थ ‘गम बेशको काटुनमा नाम केरमेट गरि मात्र मग बनाइ ३० प्रतिशत भन्सार महसुल तिर्नुपर्नेमा जुत्ता बनाउने सोल अर्थात रब्बरको दरबन्दीमा ४ दशमलव ७५ प्रतिशत मात्रै भन्सार लिएको पाएको छ ।व्यापारी निरंजन अग्रवालले संचालन गर्दै आएको उक्त उधोगमा पर्सा प्रहरीले बिहिबार साझ छापामारी गरि सिलबन्दी गरेको थियो । विस्तृत रुपमा छानबीन अगाडी बढेमा कैयौँ बिरगंज भंसारका कर्मचारीहरको जागीर धारापमा पर्ने निश्चित छ । प्रहरीले गरेको चेकजांचमा समानको भन्सार प्रज्ञापन देखिपनि खाने च्युगम रब्बरको सट्टा जुत्ता बनाउने सोल रब्बरको भन्सार गरिएको पर्सा प्रहरीको ठम्याइ छ ।भन्सार गराउदा ३० प्रतिशत भन्सार तिर्नुपर्ने देखिएको समानमा लगभग ४प्रतिशत भन्सार मात्र भन्सार कार्यालयले असुल गरको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक दिपक गीरीले बताउनु भयो ।उहाले समान र प्रज्ञापनमा देखिको अनियमितता बारे राजश्व अनुशन्धान कार्यालय पथलैयाको प्रतिनिधिलाई अनुरोध गरेको सोमबार मात्रै अनुशन्धान पुराहुने बताउनु भयो ।
उद्योगका संचाल निरंजन अग्रवालले आफुले भंसार तिरेर समान ल्याएको र पहिला पनि यसै दरबन्दीमा ल्याउने गरेको बताए ।उनले भने,‘कार्टुनमा गरिएको केरमेटबारे आफुलाई केहि थाहा छैन,म पहिला पनि यहि दरबन्दीमा यतिकै भन्सार तिर्ने गरेको छु अरु पनि च्युगम बनाउने कम्पनिहरु यहि दरबन्दीमा भन्सार तिरेर आयात गरिरहेका छन,म मत्रै दोसि होइन । निरंजन अग्रवालले स्वीटमार्ट फूड इंडस्ट्रीजको नाममा मैक्सन फर्मास्युटिकल्स राजकोट भारतबाट कन्टेनरका कन्टेनर गम वेश झिकाउदै नेपालमै नाम चलेको सेन्टर फ्रेस च्यूगम बनाउदै आएका छन् । यो घटनाले भंसार कर्मचारीको मिलेमतोमा खाने रब्बरमा तिर्नु पर्ने ३० प्रतिशत राजस्व तिर्नुको साटो ४.७५ प्रतिशत राजस्व र १३ प्रतिशत भ्याट मात्र तिरी करोडौँको राजस्व चुहावट गरेको तथ्य घाम जस्तै छर्लंग भएको छ । जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले सो उधोगको गोदाममा बिहिबार साझ छापामारी गरी सिल्बन्दी गरेको थियो ।