अपडेट 
२०७९ फाल्गुन २९, सोमबार ०७:४२

सड्ढिर्ण एवं उत्तेजक राष्ट्रवादको नाराले कुनै देशलाई कति बढी कमजोर एवं गरीब बनाउन सक्दछ यसको सोझो उदाहरण श्रीलड्ढा, अफगानिस्तान र पाकिस्तानबाट लिन सकिन्छ । उपरोक्त तीनवटै देशका नेताहरू धार्मिक र जातीय राष्ट्रवादको नारा अघि सारेका थिए । आप्mनो देशको भौगोलिक अखण्डता र सार्वभौमिकतामथि खतरा आउन सक्दछ भन्ने काल्पनिक भय देखाएर शासनसत्तामा कब्जा जमाइ केही परिवार विशेष र दलविशेषकाले मनपरी गरी आज देशले आप्mनो राष्ट्रिय गौरव घोषित गरेका कतिपय परियोजनाहरूलाई धितोमा राखी आप्mनो स्वाभिमानसित सम्झौता गर्न बाध्य भएका छन् । हाम्रो देशमा पञ्चायतको तीस वर्षमा पनि त्यही नै भएको थियो । देशमा लोकतन्त्रको स्थापनापश्चात यहा“का वामपन्थी दलहरूले यही काम गर्दै आएका छन् । भारत र अमेरिकाको नाम सुन्ने बित्तिकै त्यसमा अनर्थ मात्र हेरि देशका जनतालाई पनि सोही अनुसार सुन्न–बुझ्न लगाई उपरोक्त दुई देशको विरोधमा नकारात्मक भावना विकसित गर्ने काम हु“दै आएको छ । नेकपा एमालेका अध्यक्ष र देशका भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही काम गर्दे आएका हुन् । आपूm प्रधानमन्त्री हु“दा दक्षिणी छिमेकी भारतसितको दुई पक्षीय सम्बन्धलाई इतिहासकै तिक्तापूर्ण बिन्दूसम्म पु¥याइदिएका थिए । भारतमाथिको निर्भरतालाई कम गर्न उत्तरी छिमेकी चीनसित जथाभावी सम्झौताहरू गरेका थिए तर चीनले विगत सात वर्षदेखि भूकम्प तथा कोरोनाको बहानामा नेपालसितको नाकाहरूमाथि अघोषित प्रतिबन्ध लगाई नाकाबन्दी गरेकोमा कहिल्यै नेकपा एमाले तथा नेपालका कुनै पनि कम्युनिस्ट पार्टीले त्यसको विरोध गरेका छैनन् । वर्तमान सरकारले दुवै छिमेकी राष्ट्रहरूसित समानतामा आधारित मित्रताको सम्बन्ध कायम राखेको कुरा न त नेकपा एमाले र न त तिनका नेता केपी शर्मा ओलीलाई नै मन परेको छ । मुस्ताङमा निर्माण हुन लागेको भनिएको बौद्ध कलेजको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका सार्वजनिक अभिव्यक्ति विकास निर्माण विरोधी त हो नै नेपाललाई विश्व जगतबाट एक्ल्याउने उनको सुनियोजित चाल पनि हो । उनी प्रधानमन्त्री हु“दा विश्वका एकआध देशबाहेक कसैसित पनि राम्रो सम्बन्ध थिएन । उनले छिमेकी राष्ट्रस“गको सम्बन्धबारे गरेका टिप्पणी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गरेको दोषारोपण अपरिपक्व र अव्यवहारिक छन् । बहालवाला प्रधानमन्त्रीविरूद्ध पूर्व प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई देशका परराष्ट्रविदहरूले पनि अपरिपक्व र अव्यवहारिक नै संज्ञा दिएका छन् । नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समानता छन् । भारतको चासोको केन्द्रमा नेपालको उत्तरी छिमेकी चीन हुनु अस्वभाविक पनि होइन । चीनको बढ्दो सामथ्र्य र प्रभाव विस्तार नेपालमा भइरहेको पछिल्ला चिनिया“ प्रतिनिधिहरूको नेपाल भ्रमणले पनि देखाउ“छ । चिनिया“ कम्युनिस्ट पार्टीका प्रमुखबाट राजनीतिक प्रशिक्ष्ँण प्राप्त गरेर पनि आपूmलाई राष्ट्रवदी देखाउने साहस कम्युनिस्टहरू मात्रै गर्न सक्दछ । नेकपा विभााजित हुन लाग्दा त्यसलाई टालटुल गरेर एकजुट पार्ने प्रयास अथवा चीनले मन पराएका प्रकृतिको सरकार नेपालमा गठन हु“दा त्यो राष्ट्रवदी हुन पुग्दछ तर त्यसको विपरीत हु“दा नेपालका कतिपय कम्युनिस्टहरूलाई नै चिलाउने गर्दछ ।

ओलीले मुस्ताङमा बन्न लागेको कलेजको विषयमा दिएको सार्वजनिक अभिव्यक्ति पनि भूराजनीतिस“ग जोडिएको छ । उनले सीधैं चीनलाई चिढ्याउन भारतस“ग सरकारले हात बढाएको संज्ञा दिएका छन् । मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिएको र भारतको उक्त प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरूद्ध गद्दारी गरेको ओलीको आरोप छ । यतिमात्रै होइन उनले त्यहा“ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्न भनिएको र त्यो मुलुकका लागि नै खतरनाक भएको समेत दावी गरेका थिए । मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथि प्रहार हो । मित्रराष्ट्र चीनविरूद्धको गद्दारी गर्न खोजेको हो, आप् mनै राष्ट्रको सार्वभौमसत्तालाई अस्वीकार गर्न खोजिएको भन्दै ओलीले आप्mनो शब्दकोषमा रहेका धेरैलाई अस्वीकार गर्न खोजिएको भन्दै ओलीले आप्mनो शब्दकोषमा रहेका धेरैजसो अपमानजनक र अपरिपक्व शब्दहरूको खर्च गर्न कञ्जुस्याइ“ गरेनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्न खोजेका व्यक्तिराष्ट्रपति बन्ने सम्भावना समाप्त भएपछि र नेकपा एमाले सरकारबाट बाहिरिने अवस्था आएपछि आक्रोशित भएर उनले आप्mनो राजनीतिक उचाइ र ओहदाको पनि सम्मान गर्नु आवश्यक ठानेनन् ? उनको यस अभिव्यक्तिले स्वयं उनकै मान मर्दन गरेको छ । अब नचाहेर पनि स्वतन्त्र नेपाली नागरिकका कतिपय प्रश्नको मुख उनीतिर नै सोझिने छन् जसको जवाफ भरसक उनीसित हुने छैन । पहिलो कुरा त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका प्रधानमन्त्री हुन् र तीन करोड नेपाली जनता एवं नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्ष्ाँको लागि उनी प्रतिबद्ध र इमान्दार हुन यसको निम्ति नेकपा एमालेको प्रमाणपत्र उनलाई चाहिएको छैन । उनी चिनिया“ नागरिक अथवा चीनका प्रधानमन्त्री नभएका कारण चीनविरूद्ध गद्दारीको प्रश्न नै उठ्दैन । एउटा नेपाली नागरिक चीनप्रति वफदार अथवा गद्दार हुनुपर्ने कुनै कारण देखिंदैन । नेपालमा कलेज अथवा विश्वविद्यालयको निर्माणको विषयमा हात हाल्दा यो त खुशीको कुरा हुनुपर्ने हो तर नेपालभन्दा बढी चीनको चिन्तामा डुब्ने नेपालीहरू पनि आपूmलाई राष्ट्रवाद नै ठन्ने गरेका छन् । भारत सरकारको आर्थिक सहयोगमा नेपालका प्रायःजसो जिल्लाहरूमा विकास निर्माणको काम भएका छन् । विद्यालय र क्याम्पस भवनको निर्माण त अतिवाद रूपमा नै भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भने मुस्ताङमा विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने चर्चा रहेको तर अहिलेसम्म नेपाल सरकारले स्वीकृति नदिएको जवाफ दिएर ओलीको आरोपलाई भूmटो सावित गरिदिएका छन् । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासमा पनि भारतको योगदान छ । नेपालमा आजसम्म जति पनि राजनीतिक परिवर्तन भएका छन् ती सबैमा भारतको हात रहेको छ । नेपालको विकास निर्माणमा पनि भारतको योगदान महŒवपूर्ण छ । वर्तमानको विषम परिस्थितिमा जतिबेला टर्की र पाकिस्तानजस्ता भारतका कट्टरविरोधीलाई पनि भारतको सहयोग चाहिएको छ ।

युक्रेन र रूस दुवैलाई भारतको सहयोग र समर्थन चाहिएको छ । स्वयं चीनकै विदेशमन्त्रीले पनि भारतसितको सिमाना विवाद सामान्य अवस्थामा राख्न भारत सामु वार्ताको प्रस्ताव गरेको छ तर हाम्रो देशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई जिस्क्याएर नेपाललाई कमजोर बनाउने अभियान चलाउन थालेका छन् । ओलीको दुईपटकको कार्यकाल विवादले भरिएको रहयो । उनको एउटा पनि काम स्वागतयोग्य छैन । अहिले उत्तरी छिमेकी चीनको प्रवक्ता बन्नुको कारण देखिएन । मुस्ताङ धार्मिक महŒवको स्थल हो । प्रत्येक हिन्दु र बुद्धमार्गी त्यहा“ पुग्नु स्वभाविक हो । मुस्ताङजस्तो हिमाली जिल्लामा शिक्ष्ाँको विकास हुनु गलत कसरी हो । नेपालजस्तो देश छिमेकी र मित्रराष्ट्रहरूकै सहयोग र अनुदानबाट अगाडि बढ्ने हो । यदि चीनको सिमानासित जोडिएको मुस्ताङ जिल्लामा भारतलाई विद्यालय निर्माण गर्ने अनुमति दिनु गद्दारी हो भने भारतको सिमानासित जोडिएको झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्नु के हो ? गद्दारी हो कि होइन ? नेपालका नेताले नेपालको चिन्ता गर्नुपर्ने हो । ठूला देशहरूको समस्या समाधान गर्न उनीहरू आफैं सक्षम छन् । हामीलाई देशको विकास चाहिएको छ चाहे त्यो पूर्व, पश्चिम तथा दक्षिणबाट होस् अथवा जहा“बाट पनि होस् । चीनको पीडा र चिन्तामा दुब्लाउने नेपाली राजनीतिक दलहरू आपूmलाई राष्ट्रवादी भन्न सुहाउ“दैन । हामीले हाम्रो चिन्ता गर्नुपर्दछ । मुस्ताङमा भइरहेको अथवा हुने विकास निर्माणको कार्यको विरोध दुर्भाग्यपूर्ण हो ।

Comment


Related News

Latest News

Trending News