अपडेट 
२०७९ फाल्गुन २९, सोमबार ०७:५७

सार्वजनिक कार्यक्रमहरुमा नै जनप्रतिनिधिले आफूहरुमाथि अभद्र टिकाटिप्पणी तथा प्रशासनिक काममा अनावश्यक हस्तक्षेप गर्न थालेको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् ।

उनीहरुले आइतबारदेखि विद्यालयको नियमित पठनपाठन र स्वास्थ्य सेवालगायत अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै कामकाज स्थगित गरिएको छ । कर्मचारीहरुले आइतबार प्रेस विज्ञप्तिमार्फत आफूहरुमाथि नगरपालिकाका जनप्रतिनिधिले पटकपटक गलत मनसाय राखी सार्वजनिक कार्यक्रममा अभद्र टिका टिप्पणी गर्ने, मनोवल घटाउने, प्रशासनिक कार्यमा अनावश्यक हस्तक्षेप गर्ने तथा धाकधम्की दिने गरेको भन्दै त्यस्ता कार्य नरोकिएसम्म अत्यावश्यक वाहेकका सबै सेवा स्थगन रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा कार्यालय प्रमुख नरहेको बेला जनप्रतिनिधिहरुको एक समूहले उनले प्रयोग गर्ने गाडीको साँचो समेत चालकबाट जवर्जस्ती लगेको उल्लेख गर्दै त्यस्ता गतिविधि अबिलम्ब रोक्न र कार्यालय प्रमुख चढ्ने गाडीको साँचो अबिलम्ब फिर्ता गर्नुपर्ने माग गरिएको छ ।

उक्त माग सम्बोधनका लागि कर्मचारीहरुले नगरप्रमुख वीरेन्द्र माझीलाई समेत उक्त विज्ञप्ति पत्र बुझाएका छन् । सम्पूर्ण कर्मचारीहरुको तर्फबाट अधिकृत रामदेव यादवले बुझाएको उक्त पत्र बुझ्दै नगर प्रमुख माझीले जनप्रतिनिधि तथा कर्मचारीबीच सुमधुर सम्बन्ध कायम गर्न तथा व्यवस्थित ढंगले कार्यालयको कार्य सम्पादनका लागि आपूmले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News