अपडेट 
२०७९ फाल्गुन २९, सोमबार ०८:०४

नागरिक उन्मुक्ति पार्टीको मधेश प्रदेश कार्यसमिति सर्वसहमत चयन गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् संघीय सांसद लालवीर चौधरीको प्रमुख आतिथ्यमा बर्दिवासमा भएको वृहत् भेलाबाट प्रदेशको ३५ सदस्यी कार्यसमिति चयन भएको छ । समितिको अध्यक्षमा रामचन्द्र चौधरी, उपाध्यक्षहरुमा वीजेन्द्र चौधरी,सुरेन्द्र प्रसाद, उर्मिला महतो, सचिवमा अशोक श्रेष्ठ, सहसचिवमा रामअशिष चौधरी चयन भएको छ । समितिको सदस्यहरुमा भुवन प्रसाद चौधरी, अरुण चौधरी, सुनिता कुमारी चौधरी, सुरज चौधरी, नागेन्द्र यादव, धनन्जय चौधरी, राजकपुर चौधरी, सुनिता देवी चौधरी, फिरोज अंसारी, रामपृत महतो, दिनेश यादव, विनिता कामती चयन भएका छन्। त्यसैगरी, अन्य सदस्यहरुमा ज्ञानकला कुमारी यादव, भरतप्रसाद साह, श्रपिति भेडियर, रेणु चौधरी, लालबहादुर चौधरी, मनोहर सिह, शिवकलिया देवी सदा, भरतराय यादव, रामजी चौधरी, उपेन्द्र यादव, सुजता चौधरी, नागेन्द्र चौधरी, गणेश खा चौधरी चंचल चौधरी र उमेश प्रसाद जयसवाल सर्व सहमतिबाट मधेश प्रदेश कार्यसमितिमा निर्वाचित भएका छन् ।

नव निर्वाचित कार्यसमितिलाई बधाइ दिदै संघीय साँसद चौधरीले पार्टीलाई राष्ट्रिय पार्टी बनाउनका लागि देशभरी संगठन निर्माण गरी रहेको बताउँदै निष्टापूर्वक लाग्नुपर्ने आग्रह गरेका थिए । लोकतन्त्रलाई संस्थागत गर्ने र देशमा रहेको बेथितिलाई अन्त्य गर्दै विधिको शासन कायम गराउने दिशा तर्फ पार्टी अगाडि बढाउने तिर लाग्नुपर्ने सबैलाई निर्देशनसमेत दिएका थिए ।

Comment


Related News

Latest News

Trending News