अपडेट 
२०७९ फाल्गुन २९, सोमबार ०९:१०

छोराको बिहेमा दाइजो लिएको निहुमा नेहा चौधरीकी ससुरा पक्राउ परेका छन् ।

महोत्तरी रामगोपालपुर नगरपालिका –५ का ६० वर्षीय रामप्रवेश चौधरी पक्राउ परेका छन् । उनी नेहाकी ससुरा रहेका छन् । फरार रहेका पंकजका बुवालाई पनि लुकिछिपी बसिरहेको अवस्थामा मनरासिस्वा नगरपालिका– २ कट्टी गाउँ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलेमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच सम्बन्धमा चिरा परेको थियो । नेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।

नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

Comment


Related News