अपडेट 
२०७९ फाल्गुन २९, सोमबार ११:३७

साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ।

सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ६०० रुपैयाँले बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको थियो।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।

Comment


Related News

Latest News

Trending News