
आगामी चैत ५ गते देशभर झैँ सर्लाहीमा पनि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्ने निर्णय भएको छ ।
त्यसका लागि प्रभावकारी ढंगले सुरक्षाकर्मी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने सहमति भएको छ । मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवको अध्यक्षतामा बसेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन–२०७९ समन्वय बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएका छन् । यस्तै, बैठकले मतदान बिथोल्ने, मतदानमा वाधा पुर् याउने तत्वहरुको पहिचान गरी हदैसम्म बल प्रयोग गरी कानून बमोजिम कारबाही गर्ने र मतदान अवधिभर कुनै एक सुरक्षा निकायको मतदान केन्द्रमा उपस्थित हुने गरी सुरक्षा व्यवस्था मिलाउने निर्णय भएको छ ।
बैठकमा जिल्लाको सुरक्षा समितिका प्रमुख, यहाँ क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी संघ संगठनका नेतालगायतको उपस्थिति रहेको थियो । चैत ५ मा सर्लाहीका तीनवटा क्याम्पस ः जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी र सर्लाही क्याम्प