अपडेट 
२०७९ फाल्गुन ३०, मंगलवार ०८:१०

बारामा वन फँडानी गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष विरुद्ध मुद्दा चलाइएको छ ।

राष्ट्रिय वन क्षेत्र फँडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका–५का नन्दकिशोर चौधरीलाई हिरासतमै राखेर अनुसन्धानको लागि ३ दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ । वडा नं ५ स्थित राष्ट्रिय वन क्षेत्रको साढे ५ हेक्टर जग्गामा लगाइएको करीब ९ हजार बिरुवा नष्ट गरेको आरोप छ । डिभिजन वन अधिकृत विनोद सिंहले वडाध्यक्षको नेतृत्वमा फागुन २३ गते राति होली मनाउने बहानामा वन फँडानी गरेको आरोप छ । पक्राउ परेका वडा अध्यक्ष चौधरी नेकपा एमाले पार्टीबाट निर्वार्चित छन् ।

Comment

Related News

Latest News

Trending News