अपडेट 
२०७९ फाल्गुन ३०, मंगलवार ०८:२४

राजर्षि जनक विश्वविद्यालय उपकुलपति र रजिष्टार विहीन अवस्थामा छन् ।

यसअघि यी पदमा रहेका दुबै जनाको म्याद सकिएपछि अन्य कसैलाई सरकारले नियुक्त गरिसकेका छैनन् । त्यहाँ विनोद कुमार कर्णलाई प्रमुखको जिम्मेवारी दिइएको छ । तर सोमबार कर्णले नै उपकुलपतिलाई सम्बोधन गरी दिएको राजीनामापत्र सार्वजनिक गरेका छन् । विश्वविद्यालयका प्रध्यापकहरु यसलाई ‘स्टण्ट’ र जिम्मेवारीबाट पञ्छिन राजीनामाको नाटक गरेको आरोप लगाएका छन् । पेपर कन्ट्रयाक्ट शिक्षकको तलब लामो समयदेखि दिइएको छैन् ।

यस्तै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आफू अनुकूल समितिहरु गठन नुहँदा उनले राजीनामाको नाटक गरेको बताइएको छ । रामसागर रामस्वरुप बहुमुखी क्यामप्स (राराब)मा स्ववियु निर्वाचनको सम्पूर्ण तयारी भइसक्दा राजर्षि जनक विश्वविद्यालयमा कुनै गतिविधि अगाडि बढ्न सकेको छैन् । ‘उहाँले सबै जिम्मेवारीबाट पञ्छिन र आफू अनुकूल निर्वाचन समिति गठन गर्न राजीनामाको स्टन्ट गरेका छन्,’एक प्राध्यापकले भने,‘उहाँले राजीनामा स्वास्थय अवस्था ठिक नभएको उल्लेख गरेका छन् । तर उहाँको स्वास्थय अहिले एकदम ठिम छ । एक महिना पहिला बिरामी हुनु भएको थियो ।’ उनको राजीनामा स्वीकृत नहुने थाह भएपछि उनले सो नाटक गरेको ती प्राध्यापकले तर्क गरे ।

Comment


Related News

Latest News

Trending News