अपडेट 
२०७९ फाल्गुन ३०, मंगलवार १०:५०

सुनको भाउ लगातार बढ्न थालेको छ।

आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने अस्ति तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । भाउ अझै बढ्ने अनुमान छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

Comment


Related News

Latest News

Trending News