अपडेट 
२०७९ चैत्र १, बुधबार ०९:३२

भूमिहीन सुकुम्वासीहरुले राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषामा तालाबन्दी गरेका छन् ।

चुरे तथा वनजंगल जनआवाज अभियानका धनुषा जिल्ला संयोजक जुगति यादवको नेतृत्वमा पुगेको टोलीले जनकपुरधामस्थित राष्ट्रिय भूमि आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । भूमिहीनलाई जग्गा र ऐलानी जग्गामा बस्नेलाई लालपुर्जा उपलब्ध गराउनका लागि राष्ट्रिय भूमि आयोगको गठन भए पनि आयोगले यसतर्फ कुनै चासो नदिँदा आफूहरु बाध्य भएर तालाबन्दी गरेको अभियानका संयोजक यादवले बताएकी छन् । उनले आफूहरु फागुन ११ गतेदेखि नै जनकपुरधामस्थित जनकचोकमा धर्नामा बस्दा पनि आयोगले अहिलेसम्म कुनै चासो नलिएको गुनासोसमेत गरेकी छन् । उनले भनिन्, ‘भूमिहीन सुकुम्वासीहरु आफ्नो अधिकारका लागि १९ दिनदेखि निरन्तर २४ घण्टे धर्नामा बसेका छन् । आन्दोलन दिनदेखि अहिलेसम्म कसैले कुनै चासो देखाएका छैनन् । अभियानका जिल्ला संयोजक यादवको नेतृत्वमा तालाबन्दी गर्न पुगेको टोलीमा भूमिहीन सुकुम्बासीहरुको सहभागिता रहेको थियो ।

Comment

Related News