अपडेट 
२०७९ चैत्र १, बुधबार १०:५४

वीरगञ्ज उद्योग वाणिज्य संघको पदाधिकारीहरुको निर्वाचन सर्वसहमति रुपमा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल पटवारी निर्विरोध निर्वाचिन भएका छन् । मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा पटवारी निर्विरोध निर्वाचित भएको छ । अध्यक्षमा पटवारीसंगै संघका सम्पूर्ण पदाधिकारीहरु पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले बताएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्ष शिवजी प्रसाद साह कलवार रहेका छन् । यसैगरी, उद्योगतर्फका सचिवमा सुशान्त चाचान, वाणिज्य सचिवमा प्रेमचन्द गोयल सर्वसम्मत चयन भएका छन् । साथै सह–कोषाध्यक्ष अनोज रूंगटा तथा सहसचिवमा नरेश टिवडेवाल एवम निरज अग्रवाल रहेका छन् । यस अघि संघको ३५ सदस्यीय कार्यसमिति सदस्यहरुको चुनाव पनि सर्वसम्मत रुपमै सम्पन्न भएको थियो । सदस्यहरु मध्येबाट पदाधिकारी कार्यसमितिका पदाधिकारीहरु पनि चयन गर्नुपर्ने विधान अनुसार मंगलबार भएको निर्वाचनमा अध्यक्षसहित ११ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा भने माधव राजपाल र अरविन्द अमात्य गरी दुई जनाको उम्मेदवारी परे पनि आपसी छलफल गरी अमात्यले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्षमा राजपाल पनि निर्विरोध निर्वाचित भएको खरेलको भनाइ थियो ।

पदाधिकारीहरु चयनका लागि मनोनयन दर्ता गर्नका लागि निर्वाचन समितले मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो । मुख्य निर्वाचन अधिकृत खरेलको अनुसार तोकिएको समय भित्रमा उम्मेदवारी दर्ता गराएका कोही विरुद्ध पनि दाबी विरोधको उजुरी नपरेकाले सबै जना निर्विरोध निर्वाचित भएका थिए ।

Comment


Related News

Latest News

Trending News