अपडेट 
२०७९ चैत्र १, बुधबार १५:१७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्।

उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन्।

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरेका थिए ।

एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News