अपडेट 
२०७९ चैत्र २, बिहीबार ०६:४०

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन जेठमा सरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अविलम्ब हुनु पर्ने माग गर्दै विद्यार्थी संगठनहरुले मंगलबार धर्ना प्रदर्शन समेत गरेका थिए । नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,अनेरास्ववियु,समाजवादी विधार्थी युनियन, विद्यार्थी जनमत संघ, लोकतान्त्रिक विधार्थी संघका नेताहरु अबिलम्ब चुनावको माग गर्दै धर्नामा बसेका थिए । क्याम्पस प्रशासन र निर्वाचन समितिका पदाधिकारीहरुले गलत मतदाता नामावली त्यार गरी आफू पक्षधर व्यक्तिलाई जिताउने षडयन्त्र गरेको उनीहरुको आरोप छ । तर आफूहरुले त्यसको प्रतिवाद गर्दा चुनाव नै भाड्ने षड् यन्त्र गरिएपछि वाध्य भएर कडा आन्दोलनमा उत्रिनु परेको विद्यार्थी नेताहरुको भनाइ छ ।

मतदाता नामावली विवादलाई लिएर मंगलबार केही विद्यार्थी नेताहरुले क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । चैत ८ गतेको निर्वाचन स्थगित भएपछि ,जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बसेको सर्वपक्षीय बैठकले स्ववियुको निर्वाचन जेठमा गर्ने सहमति गरेको छ । प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा क्याम्पस प्रमुख र राजनीतिक दलका नेताहरु सहितको बैठकले विद्यार्थी संगठनहरुको विवाद उग्रबन्दै गएको कारण अहिले निर्वाचन गर्न सम्भव नभएकाले जेठ १३ गते निर्वाचन गर्ने सहमति गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

यता स्ववियु निर्वाचन जेठमा सरेपछि विद्यार्थी नेताहरु झन आक्रोशित भएका छन् । निर्वाचनको विषयलाई लिएर विद्यार्थी नेताहरु पत्रकार सम्मेलन नै गरेर क्याम्पस प्रशासनका पदाधिकारीहरुलाई भौतिक कारबाही गर्ने चेतावनी समेत दिएका छन् । विद्यार्थी नेताहरु बुधबार दिउँसो क्याम्पसमै पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिए । अधिकांश दलका विद्यार्थी संगठनहरुमा गुट उपगुट भएका कारण स्ववियु चुनाव जित्ने अवस्थामा नभएपछि चुनाव सार्न लागिएको आरोप विरोधी समूहका विद्यार्थीहरुको रहेको छ ।

Comment


Related News

Latest News

Trending News