२०७९ चैत्र २, बिहीबार ०८:०८

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार बैठक बोलाएको छ।

बिहीबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ। बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ ।

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

Comment

Related News

Latest News

Trending News