अपडेट 
२०७९ चैत्र २, बिहीबार २०:०६

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाको नयाँ कार्यसमितिको सपथ ग्रहण सम्पन्न भएको छ । जिल्ला शाखा धनुषाको ८ औ जिल्ला अधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरुले बिहिबार सपथ ग्रहण गरेका छन । नयाँ कार्यसमितिको अध्यक्षमा सरोज कुमार चौधरी रहेका छन भने प्रथम उपाध्यक्षमा प्रकाश धमला, द्वित्तीय उपाध्यक्षमा श्रवण कुमार यादव र सचिवमा प्रेमचन्द्र शिवहरे रहेका छन् । यस्तै, कोषाध्यक्षमा वीरेन्द्र कुमार मिश्र, सह–सचिवमा बजरंग यादव रहेका छन् ।

सपथ ग्रहण सम्पन्न भएसंगै अध्यक्ष चौधरीले संगठनको पूर्व निर्धारित कार्य र निती निर्देशनलाई पालन गर्ने गराउने तर्फ ध्यान दिने बताउनुभयो । त्यस्तै नयाँ शैक्षिक सत्रलाई मध्येनजर गर्दै पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सहजता र समस्याको समाधानलाई प्रथम प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

नयाँ कार्यसमितिको सदस्यहरुमा जय प्रकाश यादव, नवकान्त झा, जयचन्द्र प्रसाद साह, राजेश महासेठ, रामजीवन साह, वीरेन्द्र कुमार महतो, मनोज कुमार साह, दीपेन्द्र मण्डल, रामसागर साह, अजय साह, अरविन्द कुमार साह, दयानन्द साह, गुरुशरण महतो र सन्त लामा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News